आगामी फागुनमा विधान सम्मेलन गर्ने माओवादीको निर्णय

२८ पुष २०८०

२८ पुष, स्वच्छखबर, काठमाडौँ ।  नेकपा माओवादी केन्द्रले आगामी फागुनमा विधान सम्मेलन गर्ने भएको छ । शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले आगामी फागुन १ देखि ३ गतेसम्म विधान सम्मेलन गर्ने निर्णय गरेको उपाध्यक्ष एवं पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

विधान सम्मेलनअघि माघ २६ गते स्थायी कमिटीको बैठक बोलाइएको छ ।