न्यायाधीश गिरीकी पत्नीद्वारा सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास
२९ पुष २०८०
२९ पुष, स्वच्छखबर, काठमाडौँ । न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले आइतबार सर्वोच्च अदालत अगाडि आत्मदाहको प्रयास गरेकी छन् । आरतीले श्रीमान भुवन गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छन्।
उनले शरीरमा पेट्रोल खन्याएर आगो सल्काउने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो । आरतीले सुरक्षाकर्मीको आँखा छल्दै सर्वोच्चको गेट नजिक जर्किनबाट शरीरमा पेट्रोल खन्याइन्। तर, आगो सल्काउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । गिरीलाई प्रहरीले अस्पताल लगेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले न्यायाधीश गिरीलाई गत चैतमा पक्राउ गरी कपिलवस्तु लगिएको थियो। अदालतले उनलाई २ लाख ७५ हजार रूपैयाँ धरौटीमा छोडेको थियो। यसअघि उनले जिल्ला अदालत काठमाडौंमा श्रीमान्माथि जुत्ता प्रहार गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्: