बाबियाचौरमा छोराको हत्या गरी फरार भएका बाबु कैलालीबाट पक्राउ

४ माघ २०८०

४ माघ , स्वच्छखबर, कर्णाली । गत सोमबार पश्चिम सुर्खेतको बाबियाचौरमा आफ्नै छोराको हत्या गरेर फरार रहेका बाबु पक्राउ परेका हुन् । बाबुले आफ्नै बहिनीको बलात्कार गरेको भन्दै आफू विरुद्व छोराले प्रहरीमा जाहेरी दिएपछि गत सोमबार छोराको हत्या गरी फरार रहेका बाबु नयाँराम बुढा पक्राउ परेका हुन् ।

फरार रहेका बुढालाई कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएका वरिष्ठ सई नारायण शर्मा र जिल्ला प्रह्री कार्यालय सुर्खेतबाट खटिएका सादा पोसाकका प्रहरी टिकारम आचार्य तथा नविन योगीको टीलीले बिहीबार कैलालीको लम्कीपुरबाट प्रक्राउ गरेको हो ।

प्रकाउ परेका बुढाले छोराको हत्या गरेको स्वीकार गरेका छन् । टिकापुरबाट पक्राउ परेका बुढालाई आजै जिल्ला प्रहरी कार्यालय सुर्खेत ल्याई थप अनुसन्धान प्रक्रिया अघि बढाईने प्रहरीले जनाएको छ ।