एक करोड पाउने लोभमा लागुऔषध मुद्दाका थुनुवा भगाउने पूर्वप्रहरी १६ वर्षपछि पक्राउ

१२ माघ २०८०

१२ माघ , स्वच्छखबर, काठमाडौं ।  लागुऔषध मुद्दामा पक्राउ परेका थुनुवालाई भगाउन सहयोग गरी आफू पनि फरार भएका पूर्वप्रहरी जवान वीरवल यादव पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले यादवलाई बिहीबार काकडभिट्टाबाट पक्राउ गरी काठमाडौं ल्याइ शुक्रबार सार्वजनिक गरेको हो ।

भारतीय नागरिक असरफ आलमलाई थुनामै रहेका बेला २०६४ सालमा उनले भगाएका थिए । उनलाई भगाएर आफू समेत प्रहरीको जागिर छाडेर भारत पुगेका थिए ।

प्रहरीका अनुसार त्यो बेला उनले एक करोड रुपैयाँ पाउने प्रलोभनमा थुनुवालाई भगाएका थिए । थुनवालाई भगाएपछि भने ६ लाख २५ हजार रुपैयाँ मात्रै पाएको खुलेको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।