न्युकासललाई २–० ले पराजित गर्दै सिटी एफएकपको सेमिफाइनलमा
४ चैत्र २०८०

काठमाडौं । म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडलाई २–० ले पराजित गर्दै एफएकपको सेमिफाइनल यात्रा तय गरेको छ ।
जितपछि पेप ग्वार्डिओलाको टिमसामु गत वर्ष तीन उपाधि जितेको उपलब्धी दोहोर्याउने अवसर कायम रहेको छ ।
सिटीले पछिल्लो सिजन घरेलु लिग र कपसँगै युरोपेली च्याम्पियन्स लिग जितेको थियो । न्युकासलमाथिको जितमा भने दुवै गोल बर्नाडो सिल्भाले पहिलो हाफमा गरे ।
यस्तै, कभेन्ट्रीले पनि अन्तिम चारमा प्रवेशका लागि उल्भ्सलाई ३–२ ले हराएकाे छ ।
प्रतिक्रिया दिनुहोस्: