आइपीएल क्रिकेटमा राजस्थानद्वार पन्जाब ३ विकेटले पराजित
![](https://www.swachhakhabar.com/wp-content/uploads/2024/04/IMG_20240414_072137.jpg)
२ बैशाख, स्वच्छखबर, काठमाडौं । ईन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किङ्सलाई ३ विकेटले पराजित गरेको छ । एक सय ४८ रनको लक्ष्य पाएको राजस्थानले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्याे । राजस्थानका यसस्वी जैसवालले सबैभन्दा धेरै ३९ रन बनाए । पन्जाबका कागिसो राबडा र साम कुरानले २–२ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो । पञ्जावका अशुतोष शर्माले सबैभन्दा धेरै ३१ रन बनाए । राजस्थानका अभेस खान र केशव महाराजले २–२ विकेट लिए । ६ खेल खेलेको राजस्थान १० अङ्कका साथ शीर्षस्थामा छ ।
४ अङ्कसहित पन्जाब आठौँ स्थानमा छ । आइपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो पौने ४ बजे कोलकत्ता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट्स तथा दोस्रो खेलमा बेलुका पौने ८ बजे मुम्बइ इण्डियन्स र चेन्नइ सुपर किंग्स खेल्दैछन् ।
प्रतिक्रिया दिनुहोस्: