जीबी राईको लोकेसन पत्ता लागिसक्यो भनेर स्टन्टबाजी गर्ने कि पक्राउ गरेर ल्याउने ?

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्न जीबी राईलाई पक्राउ गर्नुको साटो गृहमन्त्री रवि लामिछानेले भगाउन खोजेको आशंका गरेको छ ।
आइतबारको प्रतिनिधिसभाको बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जीबी राईको लोकेशन कन्फर्म भयो भनेर भन्ने तर उनलाई पक्राउ नगर्नुले गृहमन्त्रीको नियतमाथि शंका उत्पन्न भएको बताएका हुन् । अनुसन्धानको विषय बाहिर कसैले नखोल्ने भन्दै उनले गृहमन्त्रीले स्टन्वाजी गर्न यस्तो अभिव्यक्ति दिएको बताए ।
उनले भने, ‘एउटा देशको फरार अभियुक्त कहाँ छन् भनेर खोजिरहेको बेलामा अर्को देशको गृहमन्त्रीले हामीले लोकेट गरिसक्यौँ भन्छ । सामाजिक सञ्जाल चलाउन उनलाई पनि आउँछ। सामाजिक सञ्जालमा नेपालको गृहमन्त्रीसँग कुरा भएको भनेर लेख्छन् तर गोपनीयता खोल्दैनन् । तर हाम्रो गृहमन्त्रीले गोप्य सूचनाको राजपत्रमा प्रकाशित गरिनुबाहेक मिडियामा बिस्कुन सुकाउनुहुन्छ ।’
महामन्त्री शर्माले नेपाललाई लोकेसन नभई जीबी राई चाहिएको बताए । उनले भने, ‘सहकारी ठगीमा फरार भएको व्यवसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरा रहेका गृहमन्त्रीले गिरफ्तार गर्न सक्नु हुन्न । जीबी राई मलेसियामा रहेको लोकेसन पत्ता लागिसकेको बताउनु भएको छ। त्यसैले लोकेसन पत्ता लागिसक्यो भनेर अभियुक्त भगाउने नियत हो या पक्राउ गर्ने कि स्टन्टबाजी हो ?.
उनले गृहमन्त्रीले लोकेशन पत्ता लगाइसक्दा पनि चार दिनसम्म पक्राउ किन नगरेको भन्दै प्रश्न गरेका छन् । मलेसियासँग सुपुर्दगी सन्धि नभएकाले जीबी राईलाई पक्राउ गरेर ल्याउन नसकिएको भनेर गृहमन्त्री लामिछानेले दिएको अभिव्यक्तिको उनले खण्डन गरे
प्रतिक्रिया दिनुहोस्: