दुर्गा प्रसाईंसहित तीन जना विरुद्ध पक्राउ पुर्जी जारी
२ आश्विन २०८१
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले बुधबार उनीसहित तीन जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।
उनलाई पक्राउ गर्न नेपाल प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको थियो । ब्यूरोको माग अनुसार अदालतले प्रसाईंसहित बागलुङको बडीगाड गाउँपालिकाका जीवन पाण्डे र धादिङको सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको हो ।
Post Views: 44
प्रतिक्रिया दिनुहोस्: