कांग्रेसभित्र बलियो एकता हुन सके पार्टीलाई कुनै शक्तिले परास्त गर्न सक्दैन : सभापति देउवा

२७ माघ २०८१

घोराही (दाङ) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसभित्र बलियो एकता हुन सके पार्टीलाई कुनै शक्तिले परास्त गर्न नसक्ने बताएका छन् ।

कांग्रेस दाङले आइतबार घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले त्यसका लागि पार्टीभित्र बलियो एकता जरूरी रहेकाले एकढिक्का हुन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

यसैगरी उनले दाङमा रहेको विमानस्थल स्तरवृद्धि अपरिहार्य रहेको भन्दै तुलसीपुरमा रहेको विमानस्थल स्तरवृद्धिका लागिसमेत विज्ञहरूसँग परामर्श तथा प्रधानमन्त्रीसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे ।