निजामती विधेयकमाथि मुल समितिमा छलफल सुरु
५ बैशाख २०८२

काठमाडौं । निजामती विधेयकमाथि मुल समितिमा छलफल सुरु भएको छ । संसदीय उपसमितिले विधेयकको प्रतिवेदन पेस गरेपछि छलफल सुरु भएको हो ।
नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडू नेतृत्वको उपसमितिले गत चैत २० गते आफ्नो प्रतिवेदन मूल समितिलाई बुझाएको थियो । त्यसको १७ दिनपछि मूल समितिले विधेयकमाथि छलफल सुरु गरेको हो ।
उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल अगाडि नबढेको भनेर कर्मचारीहरूले सार्वजनिक रुपमा समेत प्रश्न उठाउन थालेपछि समितिले विधेयकमाथिको छलफल अगाडि बढाएको हो ।
प्रतिक्रिया दिनुहोस्: