सरकार ढल्ने हल्लाको पछाडि लाग्नुपर्दैन : प्रधानमन्त्री

५ बैशाख २०८२

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने हल्लाको पछािड नलाग्न आग्रह गरेका छन् । आज चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बेधन गर्दै प्रधानमन्त्रीले सरकार ढल्छ भन्ने हल्लाको पछाडि लाग्नुपर्ने आवश्यकता नरहेको बताएका हुन् ।

नेपाललाई समृद्ध देश र सुखी नेपाली बनाउनुपर्ने उनको भनाइ छ । उनले कांग्रेस र एमाले जस्ता ठूला र इतिहास बोकेका दलहरुले देशमा विकास र सुशासन दिनका लागि एकसाथ मिलेर सरकार गठन गरिएको बताए ।

‘ढुक्कका साथ विकास निर्माणका काममा लाग्नुस्, नलाग पछि हल्लैको भन्ने गीत छ नि, हल्लाको पछाडि लाग्नुपर्ने आवश्यकता छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘देशलाई सुशासनयुक्त बनाउन, नेपाललाई समृद्ध देश र सुखी नेपाली बनाउनुपर्छ, त्यो भन्दा परिस्कृत परिमार्जित गन्तव्य अरु छैन ।’