उपप्रधानमन्त्री सिंह र इजरायलका राजदूत बासबीच भेटवार्ता

२४ बैशाख २०८२

काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासबीच भेटवार्ता भएको छ।

बुधबार राजदूत बासले मन्त्रालय पुगेर उपप्रधानमन्त्री सिंहसँग शिष्टाचार भेट गरेका हुन् ।

भेटमा नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको उपप्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ ।