व्यापारी अमित अग्रवाल जेल चलान

२४ बैशाख २०८२

काठमाडौं । व्यापारी अमित अग्रवाल जेल चलान भएका छन् ।

हिजो स्वयम्भूबाट पक्राउ परेका उनी जरिवान तिर्न नसकेपछि जेल चलान भएका हुन् ।

जिल्ला अदालत काठमाडौँले उनलाई बैंकिङ कसुर र चेक अनादरका दुईवटा मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको थियो ।

अदालतबाट दोषि ठहर भएपछि फरार रहँदै आएका थिए। २०८० जेठ २२ गते बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड ५० लाख रुपैयाँ जरिवाना हुने फैसला भएको थियो ।