संसद्मा आज पनि नीति तथा कार्यक्रममाथि छलफल
२५ बैशाख २०८२

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बिहीबार) पनि बस्दैछ ।
बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । बैठकमा आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
बैठकमा आज पनि सांसदहरूले आफ्नो धारणा राख्दै सरकारको नीति तथा कार्यक्रमबारे बोल्नेछन् ।
प्रतिक्रिया दिनुहोस्: