नेवाः देय् दबूको अध्यक्षमा सत्यनारायण डंगोलको दावेदारी, के-के छन् एजेण्डा ?
२५ बैशाख २०८२

काठमाडौं । नेवाः देय् दबूको अध्यक्षमा सत्यनाराण डंगोलले आफ्नो शसक्त दावेदारी प्रस्तुत गरेका छन् । वर्तमान महासचिव रहेको डंगोलले नेवाः देय् दबूको आठौँ केन्द्रीय महाधिवेशनमा अध्यक्षको उम्मेद्वारी घोषणा गरेका हुन् ।
नेवाः देय् दबूको युवा फाँटको संस्थापक अध्यक्षको जिम्मेवारीसँगै सचिव र महासचिवको समेत जिम्मेवारीसम्हालिसकेका डंगोलले नेपालभाषा, नेपाल लिपि र नेवाः संस्कृतिको राष्ट्रव्यापि प्रशिक्षण सञ्चालन गर्ने, नेपालभाषा, नेपाल लिपि र नेवाः संस्कृति संरक्षण तथा उत्थानका लागि राष्ट्रिय, प्रदेश व स्थानीय सरकारबाट नियमित बजेटको व्यवस्था गराउने जस्ता एजेण्डालाई प्रमुख एजेण्डा बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्: