मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना
२५ बैशाख २०८२

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा संसद्मा जारी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल, सरकारका नियमित कामकारबाहीबारे समीक्षा, समसामयिक विषयका साथै राष्ट्र बैंकमा गभर्नर नियुक्ति लगायत विषयमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्: