प्रतिनिधि सभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
२६ बैशाख २०८२

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) पनि बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेदेखि सुरू हुनेछ ।
आजको बैठकमा पनि सरकार ल्याएको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।
गत वैशाख २२ गतेदेखि निरन्तर सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । साथै, आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्रको व्यहोरा समेत जानकारी गराइनेछ ।
प्रतिक्रिया दिनुहोस्: